CG Electronics
IME Life
NIMB

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन पटक सर्किट ब्रेकमा बन्द

NIMB
Himalayan Bank

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार शेयर बजारमा ठूलो उत्साह देखिएको छ। बजार खुलेको केही मिनेटमै तीव्र उकालो आएपछि दिनभरमा तीन पटक सर्किट ब्रेक लागेर अन्ततः कारोबार पूर्ण रूपमा बन्द गरिएको छ।

बजार खुलेको झण्डै एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार रोकियो। त्यसपछि बजार पुनः खुलेको केही समयमा तीव्र वृद्धि आएपछि दोस्रो सर्किट ब्रेक लाग्यो र नियमअनुसार ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

तर, त्यसपछि खुलेको बजारले फेरि तीव्र गति समाएपछि अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लाग्यो र दिनभरको लागि कारोबार बन्द गरिएको हो।

आज बजारमा नेप्से १६२।९३ अंकले बढेर २८७५।४३ बिन्दुमा पुगेको छ। बजार खुलेको केवल दुई मिनेटमै २६१ कम्पनीका ११ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा लागू गरिएको सर्किट ब्रेक प्रणालीअनुसार बजार खुलेको एक घण्टाभित्र परिसूचक ४ प्रतिशतले बढेमा २० मिनेटका लागि, दुई घण्टाभित्र ५ प्रतिशतले बढेमा ४० मिनेटका लागि, र ६ प्रतिशतले बढेमा दिनभरका लागि कारोबार स्थगित गरिन्छ।

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...