NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल आयलले पेट्रोल–डिजेलको मूल्य वृद्धि, उपभोक्तालाई सचेत गराइयो

NIMB
leapmotornepal (citroen)

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आकस्मिक मूल्य बृद्धि र आपूर्ति चुनौतीका कारण नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा मूल्य वृद्धि गरेको छ। निगमले सार्वजनिक उपभोक्ता र सरोकारवालालाई यसबारे सचेत गर्दै मूल्य कम भएमा तत्काल घटाउने प्रतिबद्धता व्यक्त गरेको छ।

निगमका प्रवक्ता अनुसार, मूल्य समायोजन नहुँदा इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न असमर्थता र आपूर्ति प्रणालीमा अवरोध उत्पन्न हुने अवस्था सिर्जना भएको थियो। त्यसैले निगमले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढी बढाउनु परेको हो।

सार्वजनिक सवारी तथा ढुवानीमा प्रयोग हुने डिजेलमा अत्यधिक मूल्य बृद्धि भएता पनि निगमले उपभोक्ताको सहजता र सार्वजनिक सवारी सञ्चालनलाई ध्यानमा राख्दै लचिलो रणनीति अपनाएको जनाएको छ।

नयाँ खुद्रा बिक्री मूल्य यस प्रकार छ:

पेट्रोलियम पदार्थ पुरानो मूल्य (रु./लिटर) नयाँ मूल्य (रु./लिटर)
पेट्रोल १५४.५०–१७२.०० १६९.५०–१७२.००
डिजेल/मट्टितेल १३९.५०–१५२.०० १४९.५०–१५२.००

(नोट: पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज; दोस्रो वर्गमा सुर्खेत र दाङ; तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल।)

हालको मूल्य वृद्धिपछि पनि निगमलाई पाक्षिक करिब ३ अर्ब ९३ करोड घाटा हुने अनुमान छ। निगमले सबै उपभोक्तासँग सहकार्यको आह्वान गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ मूल्य घटाउने रणनीति अवलम्बन गर्ने आश्वासन दिएको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...