NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा ‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियान

NIMB
leapmotornepal (citroen)

 

बुटवल । आधुनिक भान्सामा विदेशी परिकारको प्रभुत्व बढिरहेको समयमा, नेपालका मौलिक स्वादहरू जगेर्ना गर्नु अझै महत्वपूर्ण बनेको छ। यसै सन्दर्भमा, हायात प्लेस बुटवलका एक्जुकेटिभ सेफ उमेश तामाङले ‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियानमार्फत नेपाली परिकारको पुनरुत्थानको नेतृत्व गरिरहनुभएको छ।

यो अभियानले कुनै समय नेपाली भान्साको पहिचान बनेका परम्परागत परिकार, रैथाने सामग्री र पुराना पकाउने शैलीहरूलाई फर्काउन समर्पित छ। सेफ तामाङले पुराना पुस्ताका कथा, परम्परा र यादहरू जोडिएका परिकारहरू आधुनिक प्रस्तुतिसँग संयोजन गरी पाहुनाहरूमाझ पस्किरहेका छन्।

सेफ तामाङका अनुसार, “खाना आफैंले एउटा सशक्त कहानी बताउँछ। हाम्रो भान्साको चिनारी बनेका धेरै परिकारहरू बिस्तारै हराउँदै गइरहेका छन्। हामीले यी परम्पराहरूलाई जोगाउनु र नयाँ पुस्तामाझ बाँड्नु हाम्रो दायित्व हो।”

अभियानमार्फत, उनी र उनको टोलीले बिर्सिंदै गएका पकाउने पद्धतिहरूलाई पुनः जीवन्त बनाउँदै स्थानीय रैथाने सामग्रीहरूको प्रवर्द्धन गरिरहेका छन्। परम्परागत स्वादलाई नबिगारी आधुनिक पारखीहरूलाई आकर्षक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

हायात प्लेस बुटवलले यस अभियानमार्फत पाहुनाहरूमाझ परम्परागत परिकारहरूद्वारा नेपाली खानपानको गहिराइ र विविधता अनुभव गराउने लक्ष्य राखेको छ।

हायात प्लेस बुटवलको बारेमा:
बुटवलको मुटुमा अवस्थित हायात प्लेस बुटवलले उत्कृष्ट सुविधायुक्त कोठा, स्वादिला परिकार र बहुउद्देश्यीय कार्यक्रम हलसहित आधुनिक आतिथ्य सत्कार प्रदान गर्दै आएको छ। होटल आराम, सुविधा र स्मरणीय अनुभव खोज्ने पर्यटक, कर्पोरेट पाहुना र स्थानीय पारखीहरूको लागि लोकप्रिय गन्तव्य बन्दै आएको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...