CG Electronics
IME Life
NIMB

ठूला विकास परियोजनामा कोषको लगानी अपरिहार्य : अर्थमन्त्री खनाल

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले अघि सार्ने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको सक्रिय लगानी आवश्यक रहेको बताएका छन्। कोषको ३६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्ता परियोजनाले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गरे।

उनले विशेषगरी बुढीगण्डकी जलविद्युत आयोजनाजस्ता ठूला परियोजनामा कोषसहित अन्य वित्तीय संस्थाहरूले पनि लगानी विस्तार गर्नुपर्ने बताए। कर प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले दोहोरो कर हटाउनुपर्नेमा जोड दिए।

अर्थमन्त्री खनालले १५–२० वर्ष अवधिका ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बताए। सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत कृषि, ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न सकिने पनि उनले उल्लेख गरे।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले स्थापना कालदेखि नै कोष नाफामा सञ्चालन हुनु र सहभागी संख्या निरन्तर बढ्नु यसको सफलताको आधार भएको बताए। उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए।

कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हाल सातवटा योजना सञ्चालनमा रहेको जानकारी दिँदै उपलब्ध स्रोतलाई पूर्वाधार र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्ने प्रयास भइरहेको बताए। यसका लागि आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाइएको पनि उनले बताए।

ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको उल्लेख गर्दै उनले करसम्बन्धी अन्योलता हटाउन सरकारसँग आग्रह गरे। साथै, नागरिक पेन्सन योजनालाई प्रभावकारी बनाउन कर दरमा समायोजन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नयाँ लगानी उपकरण र परियोजनामा ध्यान दिनुपर्ने बताए भने पूर्व अध्यक्ष डा. महाश्रम शर्माले कोषले आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलिरहेको धारणा राखे।

कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारी तथा योगदान पुर्‍याउने सुरक्षाकर्मीहरूलाई सम्मान गरिएको थियो।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...