CG Electronics
Ncell NPL
NIMB

नेफिनको ११ औं राष्ट्रिय महाधिवेशन सुरु: पहिचान, अधिकार र कर्तव्यबारे बहस

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उद्घाटन समारोह भएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख अतिथि र नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतिमा नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।

‘प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामांकन गर ’ नारासहित महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाति र समुदायले समान अधिकार प्राप्त गरेको जिकिर गरे । गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्दै उनले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने बताए ।

उनले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराए । उनले भने, ‘जातको पहिचान, जातको अस्तित्व समावेशी र समानुपातिक प्रतिनिधित्व यो संविधानले सुनिश्चित गरेको हो । त्यसैले अब हामीले सधैं अधिकारको लडाईं लड्ने होइन, कर्तव्यको व्यवस्थापन गरेर जाने हो ।’

सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।

“आदिवासी जनजातिसहित सबै नेपालीले अब अधिकारको लडाइँभन्दा पनि कर्तव्यको लडाइँ लड्ने बेला आएको छ, मानवताको लागि सबै नेपाली एक हुनुपर्छ, नेपालको समृद्धिका लागि हामी सबै एक हुनुपर्छ” उनले भने । आदिवासी महासंघको काठमाडौंमा भवन निर्माणका लागि बागमती सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघको भवन बनाउने आफ्नो कार्यकालको सपना भए पनि १४ आना जग्गा मात्र जोड्न सकिएको र जाँदाजाँदै थप ५ आना थप जग्गा आफूले खरिद गरी जाने प्रतिवद्धता जनाए । जग्गा व्यवस्था भएपछि भवन निर्माणका लागि सहज हुने उनले बताए ।

आदिवासी अधिकार सम्बोधन गराउनकै लागि महासंघको स्थापना भएको बताउँदै उनले आदिवासी अधिकारका लागि आदिवासी एकताको खाँचो भएको बताए। संविधानले सुनिश्चित गरेको अधिकारको रक्षा गर्दै थप अधिकारका लागि एकतावद्ध रुपमा संघर्ष गर्ने उनले बताए ।

महासंघका संस्थापक महासचिव तथा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले महासंघको नेतृत्वमा आदिवासी समुदायले गरेको संघर्षका कारण आज मुलुकमा संघीय व्यवस्था आएको उनले बताए।

इतिहासको गम्भीर मोडमा आदिवसी आन्दोलन आइपुगेको भन्दै आदिवासीको अधिकार सुनिश्चित गर्नमा सरकारले कन्जुस्याइँ गर्न नहुने आदिवासी जनजाति आयोगका सदस्य रामबहादुर थापा मगरले बताए ।

पूर्वमन्त्री सीता गुरुङले राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन आवश्यक रहेको भन्दै राज्यलाई त्यसमा गम्भीर बन्न आग्रह गरिन्। आदिवासीको मातृभाषालाई सरकारी कामकाजी भाषामा रुपान्तरण गर्नुपर्ने, आदिबासीको प्रथा परम्परालाई कानुनी बैद्यता दिनुपर्ने उनले माग गरिन्।

महासंघका महासचिव दिवस राईले भृकुटीमण्डपबाट विहान ११ बजे ५६ जातिय झाँकी र्‍यालीसहित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाकक्षमा भेला भएको बताए ।

राष्ट्रिय सभाकी सदस्य रोशनी मेचेले नेपाल जातीय रुपमा विविधता भएको देश भएकाले सबै जाती, समुदाय र वर्गको अधिकार समान रुपमा सम्बोधनको खाँचो रहेको बताइन् । एकता नै शक्ति भएकाले सबै आदिवासी जनजाति अधिकारको सवालमा एकतावद्ध हुनुपर्ने उनले सुझाव दिइन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, आदिवासी अगुवाहरु दिलमान पाख्रीन, जीतछिरिङ लामा, चन्द्रविक्रम राई, मातृका धिमाल, पेम्बा भोटे गुरुङ, शोभा सुनुवार, बुद्ध घर्ती लगायतले आदिवासीको सवालमा धारणा राखेका थिए ।

कार्यक्रममा विविध जाती समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । महासंघको महाधिवेशनको शुक्रबार बन्दसत्र सुरु हुनेछ । महासंघका महासचिव दिवस राईका अनुसार स्वयम्भुमा शुक्रबार बन्दसत्र सुरु भई २१ सदस्यीय नयाँ कार्य समिति चयन हुनेछ ।

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...