CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो प्रिपेड मोबाइल रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराएको जनाएको छ। कम्पनीले ती देशका ८९ वटा सेवा प्रदायकसँग सम्झौता गरेपछि सेवा दायरा विस्तार भएको हो।

चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा थप सेवा प्रदायकसँग पनि सहकार्य विस्तार गरिएको कम्पनीले जनाएको छ।

यसअघि नै अष्ट्रेलिया, भारत, जापान, अमेरिका, बेलायत लगायतका विभिन्न देशमा उपलब्ध रहेको यो सेवा अब युरोप, एशिया, अफ्रिका तथा मध्यपूर्वका धेरै देशमा विस्तार भएको छ। रोमिङ सेवा अन्तर्गत प्रयोगकर्ताले भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।

विदेश जाने वा बसोबास गर्ने नेपालीहरूका लागि यो सेवा उपयोगी रहेको कम्पनीको भनाइ छ। प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुने सुविधा रहेको छ भने भारतका लागि भने मोबाइलबाट विशेष कोड डायल गरी सेवा सक्रिय गर्नुपर्ने हुन्छ।

त्यस्तै, पोस्टपेड प्रयोगकर्ताका लागि न्यूनतम ५ हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था गरिएको छ। विदेश गइसकेपछि पनि आवश्यक कागजातसहित इमेलमार्फत सेवा सक्रिय गर्न सकिने सुविधा उपलब्ध छ।

रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा कनेक्ट हुने भए पनि आवश्यक परेमा प्रयोगकर्ताले म्यानुअल रूपमा पनि नेटवर्क चयन गर्न सक्नेछन्।

कम्पनीले रोमिङ सेवासम्बन्धी थप जिज्ञासा वा गुनासोका लागि इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...