CG Electronics
IME Life
NIMB

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ : अध्यक्ष ढकाले

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्।

महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले आफ्नो कार्यकालको सुरुवातमा लिएका पाँच वटा प्रमुख एजेन्डा अधिकांश पूरा भइसकेको दाबी गरे।

उनले भने,‘नेपाल उद्योग वाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सक्यो भने राम्रो हो । तीन वर्ष पहिलो सपथ लिने बेला मैले लिएको पाँच वटा कुरा नै पूरा भएको छ । निजी संस्थालाई यही हामीले शिक्षण संस्थानहरुमा आक्रमण गर्नुहुँदैन । शान्ति क्षेत्र हो ,भनेको जस्तै व्यवसायीक प्रतिष्ठानहरुमा पनि ४६ साल पछिको हेर्ने दृष्टिकोण परिवर्तन गर्न महासंघले निजी क्षेत्र संरक्षण र योजना रणनीति भनेर बुझाएको थियौं । अहिलेको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकको निर्णय नै त्यही भएको छ ।

उनले निजी क्षेत्रमाथि हुने अनावश्यक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिँदै शिक्षण संस्थानजस्तै व्यवसायिक प्रतिष्ठानहरूलाई पनि शान्ति क्षेत्रका रूपमा हेरिनुपर्ने बताए।

२०४६ सालपछिको निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्न महासंघले ‘निजी क्षेत्र संरक्षण र योजना रणनीति’ अघि सारेको उल्लेख गर्दै उनले अहिलेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले समेत सोही दिशामा निर्णय गरेको बताए।

ढकालले महासंघभित्र सहमतिको संस्कार विकास हुनुपर्ने उल्लेख गर्दै आफू र वरिष्ठ उपाध्यक्षबीच समन्वय भएमा उक्त समूहलाई खुला रूपमा समर्थन गर्ने संकेत पनि दिए।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...