CG Electronics
IME Life
NIMB

ऊर्जा मन्त्रालयद्वारा पीपीए र अनुमतिपत्र सुधार्न दुई उच्चस्तरीय समिति गठन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्य सम्पादनलाई नतिजामुखी, पारदर्शी एवम् जवाफदेही बनाउन बिहीबार दुई उच्चस्तरीय समिति गठन गर्नुभएको छ । जसअन्तर्गत विद्युत् खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्र सम्बन्धी रहेका छन् ।

मन्त्रालयका सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले नेपाल विद्युत् प्राधिकरणबाट भएका विद्युत् खरिद सम्झौता (पीपीए) को विद्यमान अवस्थाको विश्लेषण गर्नेछ । यस समितिले पीपीए प्रक्रियाका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी अड्चनको पहिचान गर्नेछ ।

त्यस्तै आगामी दिनमा पीपीए प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हित अनुकूल बनाउन आवश्यक सुधारको सिफारिस गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ ।

यसैगरी विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रको वर्तमान अवस्थाको समीक्षा गर्न अर्का सहसचिव मोहन शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

सो समितिले हालसम्म जारी भएका अनुमतिपत्रहरूको अवस्था र प्रगतिबारे विश्लेषण गर्दै अनुमति जारी प्रक्रियाभित्रका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी कमजोरी पहिचान गर्नेछ ।

साथै भविष्यमा अनुमतिपत्र वितरण जारी गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हित अनुकुल बनाउन नीतिगत तथा कानुनी सुधारका सुझावसमेत पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...