ntc.net.np
Ncell NPL
NIMB

मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र ठगी गर्ने कार्यमा संलग्न चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जग्गा पास, बिक्री वा अन्य प्रशासनिक कामका लागि कार्यालय आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै प्रलोभनमा पारी रकम असुल्ने गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको विशेष टोलीले उनीहरूलाई कार्यालय परिसर र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालय वरपर लामो समयदेखि सक्रिय बिचौलियाहरूले सर्वसाधारणलाई अनावश्यक झन्झट दिने र ठग्ने गरेको व्यापक गुनासो आएपछि प्रहरी सक्रिय बनेको हो । पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

मालपोत कार्यालय क्षेत्रमा सक्रिय अन्य बिचौलियाहरूमा भने हडकम्प मच्चिएको छ । स्थानीय बासिन्दाहरूले प्रहरीको यस कार्यको स्वागत गर्दै यसबाट सीधा र सोझा सेवाग्राहीलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

साथै, पक्राउ परेकाहरूमाथि कडा कानुनी कारबाही गर्न र यस्तो अभियानलाई निरन्तरता दिन स्थानीयले माग समेत गरेका छन् ।

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया सशक्त कि निजी क्षेत्र कमजोर ?

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया...

वि.सं.२०८२ चैत २१ शनिवार २१:२४

  काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी...

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा...

वि.सं.२०८२ चैत २१ शनिवार ००:३२

  रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको...

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

वि.सं.२०८२ चैत २१ शनिवार ००:२४

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालले ‘ब्रिज स्टेट’...

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ चैत २० शुक्रवार २३:३०

  काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा केन्द्रित...

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि अन्तरराष्ट्रिय बजारसम्मको पहुँच

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि...

वि.सं.२०८२ चैत २० शुक्रवार २३:२२

  काठमाडौं । नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबार...

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री श्रेष्ठ

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री...

वि.सं.२०८२ चैत २० शुक्रवार १८:१४

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...