CG Electronics
IME Life
NIMB

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ ।

बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो । कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको छ । नयाँ मापदण्डअनुसार आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ ।

सामान्य मापदण्डअन्तर्गत विगत तीन आर्थिक वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको वित्तीय विवरण तथा अन्तरिम विवरणहरू परीक्षण गरिनेछ । विक्री आम्दानीको ठूलो हिस्सा व्यापारिक प्राप्यमा देखिनु, कर दायित्व समायोजन गर्दा वित्तीय मापदण्ड नपुग्नु वा सम्बद्ध पक्षसँग उच्च कारोबार भएमा पनि पुनरवलोकन हुनेछ ।

यसका साथै उत्पादन, होटल, जलविद्युत् र लगानी कम्पनीका लागि क्षेत्रगत मापदण्डसमेत तोकिएको छ । वित्तीय सूचकहरूमा अस्वाभाविक उतारचढाव, ब्याज खर्चमा ठूलो अन्तर वा सम्बद्ध व्यक्तिसँग उच्च कारोबार देखिएमा पनि जाँच गरिनेछ ।

बोर्डले पुनरवलोकन गर्ने लेखा विशेषज्ञका लागि न्यूनतम योग्यता र अनुभवसमेत निर्धारण गरेको छ । यस व्यवस्थाले आईपीओ प्रक्रिया थप विश्वसनीय र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

 

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...