CG Electronics
IME Life
NIMB

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका अवसर र यसका दीर्घकालीन लाभहरूका बारेमा छलफल गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपालस्थित बेलायती दूतावास र डोल्मा एडभाइजर्सका प्रतिनिधिहरूबीच छलफल भएको छ ।

बैठकले नेपालको दिगो आर्थिक विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि नवीन वित्तीय संयन्त्रहरू पहिचान गर्ने, लगानी साझेदारीलाई बलियो बनाउने र सरोकारवालाहरूबीच आपसी सहकार्य बढाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल, कार्यसमिति सदस्यहरू सुमन जोशी, ईशा श्रेष्ठ र मिथुन सी.पी. पौडेल सहभागी थिए ।

छलफलमा लन्डन सहरका ‘अल्डरम्यान’ प्रेम रोयलको विशेष उपस्थिति थियो । साथै, डोल्मा एडभाइजर्सका तर्फबाट सीईओ टिम गोचर र लगानी प्रबन्धक विशाल विष्ट, तथा बेलायती दूतावासका तर्फबाट ऊर्जा सल्लाहकार रेशा पिया र व्यापार तथा व्यवसाय प्रमुख अनुप श्रेष्ठले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

सहभागीहरूले नेपालको जलविद्युत र पूर्वाधारको विकासमा विदेशी लगानी भित्र्याउन र वित्तीय उपकरणहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न आगामी दिनमा थप सहकार्य गर्ने दृढता व्यक्त गरेका छन् ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...