CG Electronics
IME Life
NIMB

प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क र नाफा दुवै ५प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको खुद बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि हुँदै ५० करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिसम्म कम्पनीको नाफा पनि ५ प्रतिशतले बढेर २१ करोड १५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २० करोड रुपैयाँ नाफा कमाएको थियो।

त्यसैगरी, कम्पनीको कमिशन शुल्क २ प्रतिशतले घटेको छ भने चुक्ता पुँजी १८ प्रतिशतले वृद्धि भएर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको महाविपत्ति कोषमा ११ करोड १८ लाख रुपैयाँ तथा बीमा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ सञ्चित रहेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५५ पैसा रहेको कम्पनीले जनाएको छ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...