CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

NIMB
Himalayan Bank

 

ललितपुर । नेपाल बीमा प्राधिकरण को ५८औं वार्षिकोत्सव आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल ले बीमा क्षेत्रको विकास तथा पहुँच विस्तारका लागि नीतिगत सुधार, बीमितको हित संरक्षण, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले आगामी दिनमा प्राधिकरणले बीमितको हित संरक्षण, बीमक संस्थाको संस्थागत सुदृढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ दिगो रूपमा अघि बढाउने जानकारी दिनुभयो। अध्यक्ष पौडेलले बीमित, बीमक तथा सम्बद्ध निकायहरूसँगको सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सुझावका आधारमा प्राधिकरणलाई नयाँ ढंगले अघि बढाइने बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले बीमा क्षेत्रलाई समावेशी, डिजिटल, जोखिम सचेत तथा आर्थिक विकासको सहयात्री बनाउने दिशामा प्राधिकरण प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाउँदै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण तथा क्षमता अभिवृद्धिमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल बीमक संघ का अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्री, नेपाल जीवन बीमक संघ का उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बीमक संघ का अध्यक्ष चिरायु भण्डारी, नेपाल बीमा सर्भेयर एसोसिएसन का अध्यक्ष ऋषि कोइराला, नेपाल पेशागत बीमा अभिकर्ता संघ का अध्यक्ष ओम बहादुर के.सी. तथा नेपाल बीमा ब्रोकर संघ का उपाध्यक्ष नरेश श्रेष्ठ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यस अवसरमा प्राधिकरणमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै, वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभिन्न बीमा सम्बन्धी संघ–संस्थाका पदाधिकारी, प्राधिकरणका कर्मचारी तथा पूर्वकर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणकी उपनिर्देशक श्रद्धा श्रेष्ठ ले गर्नुभएको थियो।

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...