CG Electronics
IME Life
NIMB

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो रोजगारीमुखी शिक्षाको बाटो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन (TNE) फोरम २०२६’ सम्पन्न भएको छ। Glocal Pvt. Ltd. को आयोजनामा ललितपुरको Hotel Himalaya मा सम्पन्न फोरममा शिक्षा क्षेत्रका विज्ञ, कूटनीतिज्ञ, उद्योगी तथा नीति निर्माताहरू सहभागी भएका थिए।

फोरममा नेपालको उच्च शिक्षा प्रणाली सुधार, अन्तरदेशीय शिक्षा विस्तार तथा स्नातकहरूको ‘रोजगार अन्तर’ कम गर्ने विषयमा विशेष बहस गरिएको थियो। आयोजकका अनुसार नेपाललाई विद्यार्थी विदेशिने देशबाट अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा Times Higher Education का एशले मोकले विश्व शिक्षा प्रवृत्ति र दक्षिण एसियामा नेपालको सम्भावनाबारे प्रस्तुति दिएका थिए। त्यस्तै Kathmandu University का उपकुलपति प्रा. डा. ऋषिकेश वाग्ले तथा अर्थशास्त्री प्रा. डा. अच्युतप्रसाद वाग्लेले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय का उपसचिव परशुराम तिवारीले नेपालमा ट्रान्सनेशनल एजुकेशनको स्वीकार्यता बढ्दै गएको उल्लेख गर्दै सरकारले यस क्षेत्रलाई प्रोत्साहन गरिरहेको जानकारी दिए।

‘नेपाल एक क्षेत्रीय शैक्षिक केन्द्र’ विषयक पहिलो प्यानल छलफलमा नेपालका लागि बेलायती राजदूत रोब फेन, अष्ट्रेलियाली दूतावासका डेपुटी हेड अफ मिसन ग्रेग क्लेम, आईईसी कलेजकी सीईओ शैलजा अधिकारी तथा Tribhuvan University का रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे सहभागी थिए। छलफलमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न नेपालले गुणस्तरीय शिक्षा, पारदर्शी क्रेडिट ट्रान्सफर तथा बलियो नियामक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइयो।

‘शिक्षाको गुणस्तर र रोजगारी’ विषयक दोस्रो प्यानल छलफलमा UNESCO का प्रतिनिधि जाको डु टोइट, Confederation of Nepalese Industries का अध्यक्ष वीरेन्द्रराज पाण्डे, Nabil Bank का प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा Kathmandu University School of Management की निमित्त डिन डा. रोशी लामिछाने सहभागी थिए। छलफलमा ‘KASH’ (Knowledge, Attitude, Skills and Habit) मा आधारित शिक्षाले मात्रै विद्यार्थीलाई रोजगारयोग्य बनाउन सक्ने निष्कर्ष निकालियो।

कार्यक्रम उद्घाटन गर्दै ग्लोकलका अध्यक्ष आशिष ठाकुरले नेपालले श्रम र पर्यटनसँगै ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। उनले नेपालमा ट्रान्सनेशनल एजुकेशन क्षेत्रमार्फत ३४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा विकासमार्फत विद्यार्थी विदेशिने क्रम कम गर्न सकिने बताए।

फोरमको समापनमा ग्लोकलकी प्रबन्ध निर्देशक काजोल झाले ‘संयुक्त नेतृत्व समिति’ गठन गरिएको घोषणा गर्दै शिक्षा क्षेत्रमा नीतिगत सुधार, अन्तर्राष्ट्रिय सहकार्य तथा क्रेडिट ट्रान्सफर प्रणालीलाई सुदृढ बनाउन समिति सक्रिय रहने बताइन्।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...