CG Electronics
IME Life
NIMB

करको बोझ घटाउँदै बजेट : आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिरहेका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै उद्यम व्यवसायलाई राहत दिने घोषणा गरेका छन् ।

वाग्लेले मध्यम वर्गको विस्तार र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा भन्सार प्रणालीमा पुनरावलोकन गरिएको बताएका हुन् ।

उनले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर बनाइएको जानकारी दिए । अब व्यक्तिका लागि आयकर छुटको सीमा १० लाख रुपैयाँ पु¥याइएको छ । साथै व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाइएको उनले बताए ।

उनले भने, ‘आर्थिक वर्ष २०८३,८४ को बजेट मार्फत बसाल्न खोजिएको थिती, र सर्वाङ्गणी विकासको जगसँग सम्बन्धित केही उल्लेखित सुधारहरु घोषणा गर्दछु । उद्यम व्यवसायलाई राहत, मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन करका दरमा वृहत्त पुनरावलोकन गरेको छु । करको बोझ घटाउन, आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको छु ।

व्यक्तिगत आय करको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छु । औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु । विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सिमित गरेको छु ।

हाल ३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु ।’ अर्थमन्त्री डा.वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महशुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह कम हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको घोषणा गरे ।

त्यसैगरी, विद्यमान ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको उनले जानकारी दिए । बजेटमार्फत हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

उनले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत आर्थिक सुधार, लगानी प्रवद्र्धन तथा सर्वाङ्गीण विकासको आधार निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरे ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...