CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने तथा उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गरेका थिए।

कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा तथा बीमा क्षेत्रको भूमिकाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो।

सहभागीहरूबीच सञ्चालक समिति, आधारभूत शेयरधनी तथा उच्च व्यवस्थापनको भूमिका र जिम्मेवारी, AML/CFT नीति तथा कार्यविधिको कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोण, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणाली लगायतका विषयमा छलफल भएको थियो।

त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा ICP–22 को पालना, लाभग्राही स्वामित्व सम्बन्धी पारदर्शिता, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (STR/SAR) प्रणालीको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठागत जोखिम व्यवस्थापनका विषयहरूलाई समेत प्राथमिकताका साथ समेटिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

समापन समारोहमा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय प्रतिबद्धता सफल बनाउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सिटिजन लाइफले कानुनी तथा नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले भविष्यमा पनि नियामकीय अनुपालन, वित्तीय अपराध नियन्त्रण तथा जिम्मेवार संस्थागत अभ्यासलाई थप सुदृढ बनाउन यस्ता क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...