CG Electronics
IME Life
NIMB

बलिउडका चर्चित गायक अभिजीत भट्टाचार्य पहिलो पटक नेपालमा, जुन २० मा काठमाडौंमा लाइभ कन्सर्ट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, असार ४ — ९० को दशकका लोकप्रिय बलिउड पार्श्वगायक Abhijeet Bhattacharya पहिलो पटक नेपालमा लाइभ प्रस्तुति दिन आउने भएका छन्। “लाइभ कन्सर्ट इन नेपाल — अभिजीत भट्टाचार्य” आगामी जुन २०, २०२६ मा काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजना हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रमको प्रवेशद्वार साँझ ७:०० बजे खुल्नेछ भने कन्सर्ट ७:३० बजेबाट सुरु हुनेछ। अभिजीतले आफ्नो सांगीतिक यात्राका चर्चित तथा सदाबहार हिन्दी गीतहरू प्रस्तुत गर्नेछन्। साथै नेपाली दर्शक–श्रोताको मन जितेका केही नेपाली गीतहरू पनि गाउने तयारी रहेको जनाइएको छ।

‘मै कोई ऐसा गीत गाऊँ’, ‘तुम दिल की धड़कन में रहते हो’ लगायत उनका लोकप्रिय गीतहरूले एक समय बलिउड संगीतमा विशेष छाप छोडेका थिए। कार्यक्रममा भारतका ए-क्लास संगीतकारहरूको टोलीले पनि साथ दिने आयोजकले जनाएको छ।

कन्सर्टको आयोजना Nepal Sangitik Sangh ले गरेको हो भने व्यवस्थापनको जिम्मेवारी Sadhana Kala Kendra ले सम्हालेको छ। कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजना गरिएको परोपकारी (च्यारिटी) कन्सर्ट रहेको बताइएको छ।

कार्यक्रमको आधिकारिक टिकटिङ पार्टनर cityPAY रहेको छ। हाल अर्ली बर्ड टिकट बिक्री खुला गरिएको छ। अर्ली बर्ड अफरअन्तर्गत स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट मूल्य रु. २,००० र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट रु. ४,००० तोकिएको छ। साथै VIP, VVIP तथा विभिन्न टेबल प्याकेजहरू पनि उपलब्ध छन्।

आयोजकले अर्ली बर्ड टिकट सीमित अवधिका लागि मात्र उपलब्ध हुने जानकारी दिँदै संगीतप्रेमीहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेको छ। टिकट खरिदका लागि cityPAY Ticket Link मार्फत KYC प्रक्रिया पूरा गरी टिकट लिन सकिनेछ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...