CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा हाम्रो साझा घर, सत्येश्वर शिवशक्ति आधारभूत विद्यालय र अरनिको माध्यमिक विद्यालयमा सहयोग सामग्री प्रदान

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरूलाई विभिन्न सहयोग सामग्रीहरू प्रदान गरेको छ। बैंकले विर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्येश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचीनगर, झापास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरू सहयोग प्रदान गरेको छ।

२०८३ जेठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठज्यू र विर्तामोड सर्कल हेड डेन राज सुब्बा हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरू हस्तान्तरण गर्नुभयो। उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई खानबस्ने व्यवस्थासहित सहारा प्रदान गर्दै आइरहेको छ।

त्यसैगरी, मिति २०८३ जेठ २२ गते सम्पन्न अर्को एक कार्यक्रमका बीच वीरगन्जका सर्कल हेड गोपाल प्रसाद सुवेदीज्यूले सत्येश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक श्री उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गर्नुभयो। साथै, सोही दिन सम्पन्न अर्को एक कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठज्यू र विर्तामोड सर्कल हेड डेन राज सुब्बाज्यूले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईज्यूलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गर्नुभयो। सत्येश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै विद्यार्थीहरू र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरू अध्ययन गरिरहेका छन्।

असहाय, अशक्त तथा पाको उमेरका व्यक्तिहरूलाई सहारा प्रदान गरिरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट उक्त संस्थामा आश्रित व्यक्तिहरूको दैनिक जीवन अझ सहज तथा स्वस्थकर हुनुका साथै सरकारी/सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाइ अभ्यासलाई सुदृढ बनाउन, विद्यालयमा विद्यार्थी सहभागिता बढाउन तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...