NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड जितेको हो।

यससँगै, बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ तथा ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ अन्तर्गत बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ समेत प्राप्त गरेको छ। यस वर्ष पहिलो पटक समावेश गरिएका यी दुई विधा र उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी नबिल बैंक एकैपटक तीनवटा अवार्डबाट सम्मानित भएको हो।

मंगलबार काठमाडौंमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यी अवार्ड प्रदान गरेको जनाएको छ। छनोट प्रक्रियामा वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन तथा दिगोपनालाई प्रमुख मापदण्डका रूपमा समावेश गरिएको थियो। नबिल बैंक यी सबै पक्षमा उत्कृष्ट ठहरिएपछि सम्मानित भएको आइक्यानले जनाएको छ।

यसअघि पनि नबिल बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही पुरस्कार प्राप्त गरेको थियो। बैंकको पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ।

हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका २५ लाखभन्दा बढी ग्राहक रहेका छन्। चार दशकभन्दा लामो अनुभव बोकेको बैंकले दिगो बैंकिङ अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङ सेवाअन्तर्गत ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

१३० प्रतिशतले बढेर ९६ करोड पुग्यो अपि पावरको खुद नाफा

१३० प्रतिशतले बढेर ९६ करोड पुग्यो अपि...

वि.सं.२०८३ साउन २९ शुक्रवार २३:४६

  काठमाडौं। अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...