NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

भरतपुर, असार १७ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।

आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा भरतपुरस्थित विवान्ता होटलमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

कम्पनीका अनुसार एसेन्सियल सिरिजमा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई समेटिएको छ। यसले नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिवेशलाई ध्यानमा राख्दै गुणस्तरीय जीवनशैलीलाई सहज बनाउने विश्वास कम्पनीको छ।

नयाँ श्रृंखलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।

डबल–डोर रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि, स्मार्ट मोड तथा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको कम्पनीले जनाएको छ। त्यस्तै, वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बीएमसी कभर, पानी प्रतिरोधी कन्ट्रोल प्यानल तथा न्यून पानीको चापमा समेत प्रभावकारी धुलाई गर्ने प्रविधि समावेश गरिएको छ।

ऊर्जा–दक्ष प्रविधियुक्त रूम एयर कन्डिसनरमा चिस्यान र ताप दुवै सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ भने परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत हुने दाबी गरिएको छ।

कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुनेछ। प्रारम्भिक मोडेलको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने जनाइएको छ। उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड पसल, बहुब्रान्ड बिक्री केन्द्र तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१०

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल...

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३१

  काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...