NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघ ९ःद्यब्ल्० का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (MBAN) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरी नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्युलाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले (MBAN) अध्यक्ष डा.भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको थियो । अèयक्ष डा। भट्टले नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताउनुभयो ।

शुभकामना आदान प्रदान सँगै दुवै पक्षबीच नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयहरूमा विस्तृत छलफल भएको थियो । विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) तथा प्राइभेट इक्विटी सम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

यसैगरी, बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताहरूको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि पनि दुवै पक्षबीच जोड दिइएको थियो । भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

अन्त्यमा, नेपाल मर्चेन्ट बैंकर्स संघले (MBAN) र सेबोन दुवैले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१०

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल...

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३१

  काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...