NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।

यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकहरूका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।

यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ ।

यो सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुनेछ । नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १०० इएस मा मासिक किस्ता करिब रु. ३,२५५ बाट घटेर रु. २,१२४ पुगेको छ भने ग्राहकले हरेक महिना करिब रु. १,१३१ बचत गर्न सक्नेछन् । त्यस्तै, डोमिनार ४०० मा मासिक किस्ता करिब रु. ८,२२७ बाट घटेर रु. ५,३७० मा झरेको छ, जसले मासिक करिब रु. २,८५७ सम्म बचत हुने कम्पनीले जनाएको छ ।

यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता उल्लेख्य रूपमा घटाइएको छ, जसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोटरसाइकल छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो । मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ ।

एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ । कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाज शोरुमहरू बाट लिन सकिने कम्पनीले जनाएको छ ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक,...

वि.सं.२०८३ साउन २७ बुधवार २२:००

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...