CG Electronics
IME Life
NIMB

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले एक समझौतामा हस्ताक्षर गरेका छन् । बिहीबार दुई निकायबीच नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरूको सहजीकरणका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा हस्ताक्षर समारोहमा एभरेष्ट बैंक लिमिटेड (ईबीएल) का प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो ।

नेपाल–भारत रेमिटेन्स सेवामा आफ्नो अग्रणी अनुभवको श्रेय लिएको एभरेस्ट बैंकले यस रणनीतिक साझेदारीले दुइदेशबीचको भुक्तानी लाई थप सहज बनाउँदै जाने बताईएको छ । बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरि, बैंकका ग्राहकहरूले नेपाल र भारत बीचको कारोबार सहज र तत्काल गर्न सक्नेछन् , जुन दुवै देशहरू बीचको वित्तीय कनेक्टिभिटीमा एक महत्वपूर्ण कार्य हुन सक्दछ ।

यस सम्झौताले विशेष गरि, हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू, र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पुर्याउनेछ। आफ्नो ग्राहकोहरूको विभिन्न आवश्यकताहरूमा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रखेको एभरेस्ट बैंकले एस सम्झौताबाट दुइ देस बिच हुने वित्तीय करोबरका कठिनाइहरूबाट मुक्त गर्ने र सहजता सुनिश्चित गर्ने लक्ष्य राख्दछ।

एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्युआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ, जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पेप एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी आफ्नो करोबर को भुक्तनी गर्न सक्दछन् ।

 

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...