CG Electronics
IME Life
NIMB

‘विश्व बैंकलाई माथिल्लो अरुणमा लगानी गर्न सहमत बनायौं’

NIMB
Himalayan Bank

 

अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर शनिबार स्वदेश फर्किएका मन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमण उपलब्धिमूलक भएको बताए ।

उनका अनुसार माथिल्लो अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादनमा विश्व बैंकले साढे ८ सय मिलियन डलर (करिब १ अर्ब १३ करोड २८ लाख) बराबरको लगानी गर्ने सहमति भएको छ । सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको भन्दै उनले ६३५ मेगावाटको दूधकोसीमा एसियाली विकास बैंक (एडीबी)ले वित्तीयकरणको नेतृत्व गर्ने तर विश्व बैंकले पनि त्यसमा सहभागी हुने जानकारी दिए ।

उनले भने,‘अहिले अपर अरुणको एक हजार ६५ मेगावाट विद्युत उत्पादनलाई तयारी अवस्थामा छ हाम्रो । र, त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणका लागि अनुरोध गरिराखेका थियौं । यस पटकको एउटा सफलता भनेको यो भयो कि विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी सस्तो ब्याजको ऋण दिने र उसले नेतृत्व गर्ने सहमति भएको छ ।

६३५ मेगावाटको दूधकोशीमा पनि एसियाली विकास बैंक (एडीबी)ले नेतृत्व गर्छ तर विश्व बैंकले पनि त्यसमा हुन्छ ।’

उनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने कुरा टुंगिएको पनि जानकारी दिए । नेपाली मूलका अमेरिकीहरुबाट नेपालमा लगानी बढाउने प्रतिबद्धता आएको पनि उनले सुनाए ।

मन्त्री पुनले एमसीसी पदाधिकारीहरुसँग पनि छलफल भएको भन्दै नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले नेपालमा विदेशी लगानीकर्ताहरुको बाहुल्य रहँदा अमेरिका तेस्रो स्थानमा रहेको बताए । आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न अमेरिकीहरु इच्छा व्यक्त गरेको उनको भनाइ छ । लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्सका उपाध्यक्ष नै उपस्थित हुने उनले बताए ।

 

 

‘समग्रमा हेर्दा अहिलेको लगानीमा अमेरिकन लगानीकर्ताहरु तेस्रो ठूलो लगानीकर्ताका रुपमा नेपालमा रहेछन् । थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरु तयार र उत्साहित रहेको पायौं,’ उनले भने, ‘लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थित हुन स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आईटी लगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ ।’

 

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...