CG Electronics
IME Life
Ncell NPL

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुन : सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म संचालनमा रहने छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ ।
यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको हो ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक:...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:४५

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’...

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:२३

काठमाडौं । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा...

नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंकबीच...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:१२

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सन्राइज बैंक लिमिटेडबीच...

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:०८

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रवद्र्धन गदैं...

मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सुरु

मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:०५

  काठमाडौं। नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...

हुलास फिनसर्भको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

हुलास फिनसर्भको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:५९

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास...