CG Electronics
IME Life
Ncell NPL

महानगरले फोहर फालेको प्रति काठमाडौं डिभिजनको आपत्ति : कानुनी राज्यको उपहास गरेको ठम्याई

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

– उज्जवल प्रसाद पराजुली

काठमाडौं । सडक डिभिजन काठमाण्डौंको कार्यालयको गेटमा काठमाण्डौं महानगरपालिककाले कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिदिएको घटनालाई लिएर सडक डिभिजन काठमाण्डौंले एक विज्ञप्ती प्रकाशित गर्दै गम्भिर आपत्ति भएका जनाएको छ । साथै महानगरले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको उल्लेख गरेको छ ।

उक्त घटनाले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सो विज्ञप्तीमा भनिएको छ – ‘काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’

उक्त विज्ञप्तीमा उल्लेख भए अनुसार गत शुक्रबार काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएर सकारात्मक सहमती भएको भएतापनि महानगरपालिकाले फोहर फादिएको प्रति सडक डिभिजन कार्यालयको आपत्ति रहेको डिभिजन कार्यालयका सुचना अधिकारी ई. प्रमोद खतिवडाको हस्ताक्षरमा जारी उक्त विज्ञप्तीमा भनिएको छ ।

महानगरपालिकाले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको भन्दै उक्त विज्ञप्तीमा अगाडि भनिएको छ – ‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत जानकारी गराईन्छ ।

आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमती सडक काटी सडकको ‘स्ट्याण्डर्ड’ चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाईएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।

‘सडक डिभिजन काठमाण्डौंको कार्य क्षेत्र भित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाब दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्र सँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाण्डौं बाध्य हुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’ उक्त विज्ञप्तीमा भनिएको छ ।

उता काठमाडौं महानगरपालिकाले भने चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको जनाएको छ । महानगरपालिकाका प्रमुख बालेन साहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका हुन् ।

कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेन साहको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो ।

सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित नगर प्रमुख साहले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् ।

 

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा सम्पन्न

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:२०

काठमाडौँ । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:५२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन...