CG Electronics
IME Life
NIMB

अर्थमन्त्रीको दाबी : ढुक्क हुनुहोस्, बजेट अनुसारकै मौद्रिक नीति आउँछ

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् ।

आफूले सार्वजनिक प्रतिबद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट गर्ने प्रस्ट पारे । उनले भने, ‘यो बजेटमा नीति तथा कार्यक्रम सबैजसो रिफ्लेक्ट भएको छ । नीति कार्यक्रम र बजेटको रिफ्लेक्सन मौद्रिक नीतिमा आउँछ ।’

मन्त्री पुनले राज्य र राज्यका निकायहरू अलग अलग भएर नचल्ने उल्लेख गर्दै राष्ट्र बैंकले बजेट अनुसारकै मौद्रिक नीति ल्याउनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

‘राज्यका निकायहरू निश्चित सिद्धान्तमा चल्छ । अलग अलग होइन । त्यसैले मौद्रिक नीति यसमा मिल्दोजुल्दो आउँछ, तपाईँहरू कुनै कन्फ्युजनमा रहनु जरुरी छैन,’ अर्थमन्त्री पुनले भने ।
यस्तै उनले यस बीचमा राष्ट्र बैंक, प्राइभेट सेक्टर र सरोकारवाला सबैसँग छलफल गरी बजेटलाई सपोर्ट गर्ने, समग्र अर्थतन्त्रलाई गति दिने र आम नागरिकमा आशा जगाउने गरी काम गर्नेमा जोड दिँदै भने, ‘आगामी वर्ष सकारात्मक मुडमा बजेट कार्यान्वयनको समीक्षा गर्ने ठाउँमा हुन्छौँ भन्ने विश्वास छ ।’

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरूमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले तथ्यमा आधारित भएर बजेट बनाइएको बताए । उनले बजेटपछि प्रतिपक्षी दललगायत अधिकांश प्रतिक्रिया सकारात्मक आएको पनि सुनाए ।

यस वर्ष बजेट निर्माण पूर्व विभिन्न क्षेत्रका विषयमा विषय विज्ञलगायत सबै मन्त्रालयहरूले पनि धेरै छलफल गरेको उल्लेख गर्दै उनले त्यहाँबाट प्राप्त तथ्यपरक डाटा र सरोकारवालाको सकारात्मक सुझाव तथा खबरदारीका कारण बजेट राम्रो बनेको दाबी पुनको छ ।

 

उनी भन्छन्, ‘बजेट निर्माण गर्दा सबै मन्त्रालयले राम्रो छलफल गरेका छन् । त्यसपछिका प्रि–बजेट छलफलमा ठूलाठूला अन्तरक्रिया भएका थिए । विभिन्न वस्तुगत क्षेत्र, छाता संगठन, विषय विज्ञहरू ती सबैसँगको छलफलको प्रभाव परेको हो । त्यसले नेपालको अर्थतन्त्रको हालको यथार्थ स्थिति परिवेश बनिराखेको हुन्छ र हामीले सिस्टमबाट त्यसलाई चलाइराखेका हुन्छौँ अर्थमन्त्रीको सोचले मात्रै काम गर्दैन ।

सबैको सकारात्मक, आलोचनात्मक योगदान हुन्छ । म एक्लैले राम्रो गरेँ भन्ने होइन कि हामी सबैले राम्रो सुझाव दिएर, अन्तरक्रिया र खबरदारी गरेको वस्तुगत रूपमा गरेछौँ भन्ने कुराको प्रमाणको रूपमा यो बजेटको समर्थन र स्वीकार्यतालाई मैले लिएको छु ।’

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...