यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : मन्त्री तामाङ
Sunday Jun 02, 2024
वि.सं.२०८१ जेठ २० आइतवार २२:४५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन् । आइतबार गोरखापत्र संस्थानले गरेको फोटो प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सन् २०२४ मा १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ गृहकार्य भइरहेको बताए ।
उनले साहसिक पर्यटकलाई आकर्षित गर्ने सोच बनाएको बताए । त्यस्तै धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आर्कषित गर्ने सरकारको सोच रहेको उनले बताए । उनले पर्यटकहरुको वृद्धि गर्न हवाई सेवालाई सुलभ, सरल र प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यान रहेको बताए ।
उनले भने, ‘सन् २०२४ मा १६ लाख पर्यटकहरु भित्राउने लक्ष्य राखेका छौँ । कसरी भित्राउने भन्ने सम्बन्धमा गृहकार्य गर्ने क्रममा छौँ । खासगरी साहसिक पर्यटनलाई कसरी आकर्षित तुल्याउने ? धार्मिक र सांस्कृतिक पर्यटकलाई कसरी आकर्षित तुल्याउने ? भन्ने कुरादेखि लिएर अन्य व्यवस्थापकिय पक्षलाई कसरी सुधार गर्ने ? भन्ने कुराहरुको सोँच बनाइराखेका छौँ । हवाई सेवालाई कसरी सुलभ, सरल, प्रभावकारी बनाउने भन्ने कुराहरु पनि यसमा जोडिन्छ । त्यतिमात्रै होइन लुम्बिनीमा बौद्ध धर्मावलम्वीहरु आउँछन् तर हवाइ सेवा भरपर्दो र नियमित रुपमा दिन सकेका छैनौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या कसरी समाधान गर्ने भन्ने छ ।’
मन्त्री तामाङले काठमाडौंमा पूर्वीय संस्कृतिको केन्द्र पशुपति रहेको भन्दै धार्मिक हिसावले समेत नेपाल महत्वपूर्ण रहेको बताए ।
‘पर्यटकलाई बढीभन्दा बढी समय बिताउने खालको अरु सुविधाहरुको थप विकास कसरी गर्न सकिन्छ भनेर सोच्नौँ । मोटामोटी लक्ष्य निर्धारण गरेका छौँ । लक्ष्य पूरा गर्न कार्यक्रमिक रुपमा धेरै वर्कआउट गर्नुपर्ने अवस्था छ । आगामी दिनमा नेपालमा पर्यटन क्षेत्र अरु क्षेत्रभन्दा वैदेशिक मुद्रा आर्जन गर्नेदेखि लिएर रोजगार सिर्जना गर्ने कुरा
























