IME Life
NIMB

एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डले सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं । एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लुएसीसी २०२४ मा प्रदान गरिएको हो ।

बैंकका अनुसार यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो । एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देश भर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...