CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंकद्वारा संघीय सांसदलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा संघीय संसदका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ ।

संघीय संसदको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जिबी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले माननीय संघीय सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रा.वा.बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङका बारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राखेका थिए ।

उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...