CG Electronics
IME Life
NIMB

सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख

NIMB
Himalayan Bank

 

काठमाडौ । नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको छ ।

 

सैनिक मुख्यालय भद्रकालीमा बिहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमार्फत सेनाले सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको हो ।

 


सैनिक कल्याणकारी निर्देशनालयका सहायकरथी किरण केसीले २०८१ को असार मसान्तसम्म कोषमा नगद ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार कोषबाट सोही समयसम्म ६ अर्ब ९७ करोड ९६ लाख विभिन्न क्षेत्रमा लगानी गरिएको छ। सेनासँग कोषमा नगद र कोषको यथार्थ सम्पत्ति गरी हाल ८२ अर्ब ८८ करोड ७४ लाख रहेको केसीले जानकारी दिए ।

कोषमा शान्ति सेनामा भाग लिए बापत प्रात हुने रकम, बैंक तथा बित्तीय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज तथा शिक्षण शुल्कबाट प्राप्त हुने रकम रहने गरेको छ । कोषसँग करिब १० लाख हिताधिकारी प्रत्यक्ष जोडिएको सेनाले जनाएको छ । सो कोष २०३२ सालमा स्थापना भएको हो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...