CG Electronics
IME Life
Ncell NPL

महालक्ष्मी विकास बैंकको खुद नाफा २४.५२ प्रतिशतले बढी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आपर्थक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २४.५२ प्रतिशत बढी खुद नाफा गरेको हो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेर १ अबए ९३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेर २० करोड ७१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता ४.२५ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष १०.८७ प्रतिशत बढेर २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत असारसम्म बैंकको निक्षेप संकलन ७.२१ प््रतिशत बढेर ५५ अर्ब २१ करोड रुपैयाँ र कर्जा लगानी ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँ बढेर ११.२७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ ।

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...