CG Electronics
IME Life
Ncell NPL

नेपाल एसबिआई बैंकको खुद नाफा २ अर्ब बढी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा २.३५ प्रतिशत बढेर २ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारमा बैंकको नाफा बढेको भएपनि ब्याज आम्दानी घटेको देखिन्छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यसआधारमा बैंकले गत वर्षको नाफाबाट १०.७६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो भने लाभांश क्षमता १०.५८ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी स्थिर १० अर्ब ५० करोड रुपैयाँ भने जगेडा कोष ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको जगेडा कोषमा ७ अर्ब ७ करोड रुपैयाँ सञ्चिति थियो ।

गत असारसम्म बैंकले १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । गत असारसम्म बैंकको खराब कर्जा २ प्रतिशत छ । अघिल्लो वर्ष २.४३ प्रतिशत खराब कर्जा थियो । बैंकको प्रतिसेयर आम्दानी १९.१८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५.६० रुपैयाँ थियो ।

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...