CG Electronics
IME Life
Ncell NPL

कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ ले गर्यो विजेताहरू घोषणा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कोका-कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ ।

यो कार्यक्रम कोका-कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्दछ ।

सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।

कार्यक्रम बारे बोटलर्स नेपालका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिल नाथले यस्तो कार्यक्रमले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिने र दिगो विकासलाई टेवा दिने बताए ।

आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० जना विजेताहरु चयन भएका छन् । जसमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनौट भएका छन् ।

कार्यक्रमभर विजेताहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता विषयमा केन्द्रित रहेर विभिन्न सत्रमा भाग लिएका थिए ।

कार्यक्रमबारे कम्पनीका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो प्रोगाम धेरै महिलाहरूको लागि आशा र अवसरको ज्योति भएको बताए । त्यसैगरी, एटेलियर प्लेटफर्म प्रालिका संस्थापक रितु गुरुङले साझेदारीमार्फत युवा महिला उद्यमीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सृजना गर्न पाउँदा खुशी लागेको बताइन् ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथलगायतका अन्य पदाधिकारी तथा एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सहभागीहरूले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलको मुल्यांकनपछि रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल तथा प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

महिलाहरूको आर्थिक सशक्तिकरणमा ध्यान केन्द्रित गरेर समृद्ध र साझा भविष्यतर्फ डो¥याउने पारस्परिक लाभहरू उत्पन्न गर्ने प्रयास गर्दै आएको कम्पनीले बताएको छ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...