CG Electronics
IME Life
NIMB

काभा वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान ल्याउने राष्ट्रिय खेलाडी सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ललितपुर । सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ । भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन(काभा) वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान(फस्ट रनरअप)हासिल गरेका दुई खेलाडीलाई सम्मान गरेको हो ।

 

प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो । सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा , समाजसेवी हरिकुमार थापा, सर्कलका वरिष्ठ सदस्य गोपालराम पौडेलले कप्तान श्रेष्ठ र खेलाडी सुनारलाई सम्मान गरेका थिए ।

सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए । खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताए । उनले सैंबु भलिबल क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुपर्ने बताए ।

कार्यक्रममा सैबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम महत्वपुर्ण रहेको बताए ।

दुईजना खेलाडीले नेपाल र सैबुको नाम उच्च स्थानमा राख्न सफल भएकोमा शुभकामना दिएका थिए । कार्यक्रमा क्लबका सचिव सुरेन्द्र थापा मगर, नेपाल क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँबर लगायतले शुभकामना दिएका थिए ।

 

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...