CG Electronics
IME Life
NIMB

सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार गर्नुपर्छ : मन्त्री गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताएका छन् ।

शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन कार्यक्रममा उनले नियमन गर्ने कानून नहँदै समस्या भएको भन्दै यसको लागि मन्त्रालयमा कानूनको ड्राफ्ट तयार भएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानून चाहियो, अहिले मन्त्रालयमा त्यो कानूनको ड्राफ्ट बनाउदैछाँै । केही समयमा मन्त्रिपरिषद्मा पुगेर अर्थ र कानून मन्त्रालयको सहमती लिएर संसदमा पेश गर्छाै । यो वर्षभित्र हुन्छ । सूचना प्रविधि सम्बन्धी कानून पनि संशोधन गर्नुपर्नेछ ।’ यसको साथै, व्यवसायीहरुले पनि धेरै दुषित प्रतिस्पर्धा गर्ने गरेको भन्दै सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा अराजकता आएको पनि बताए ।

उनले भने, ‘हामीले सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा भद्रगोल, अराजकता, सबै भएको हो । व्यवसायीहरुले यति धेरै दुषित प्रतिस्पर्धा गर्छन् । उसको विरुद्धमा केही भयो भने सरकारविरुद्ध मुद्धा हानि हाल्छ काम गर्नै दिँदैन् । हाम्रो यो दूरसञ्चारको क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने छ । यसको लागि कानून चाहिन्छ, कानूनले बाधेको नै छैन् ।’ यस्तै, पर्यटनको उत्थानको लागि सरकारले बनाएको अन्तराष्ट्रिय विमानस्थल अधिकतम रुपमा प्रयोग गर्नुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘गौतम बुद्ध र पोखरा दुईवटा अन्तराष्ट्रिय विमानस्थल जुन बनाएको छ । यी विमानस्थलहरुलाई सञ्चालन गर्नुपर्यो नि, ऋणमा बनेको छ हामीले ऋण खाएर बसेको छ त्यो तिर्नु परेन त्यसको लागि ती विमानस्थलहरु चल्नु परेन, पर्यटनको उत्थानको लागि यस्तो बनेको ठाँउहरुलाई राज्यले अधिकतम रुपमा प्रयोग गर्नुपर्यो नि, अन्तराष्ट्रिय विमानस्थलहरु चल्ने वित्तिकै अन्तराष्ट्रिय स्कुल, उद्योग पनि स्थापना हुन सक्छ । अब हामीले ती अन्तराष्ट्रिय विमानस्थल चलाउने भनेपछि केही गर्नको लागि पनि काठमाडौं आउन नपर्ने गरि व्यवस्था गर्नुपर्छ ।’

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...