CG Electronics
IME Life
NIMB

दुई वर्ष निजी काम छाडेर इञ्जिनियरहरुको हकहितमा लाग्छु : सुवासचन्द्र बराल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरुको हक हितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बुटवलमा लुम्बिनी प्रदेशका इञ्जिनियरहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इञ्जिनियरहरुका समस्यासँग राम्रो जानकार रहेको बताए ।

सरकारी तथा निजी क्षेत्रका इञ्जिनियर र आर्किटेक्टहरुका आ आफ्नै समस्या रहेको भन्दै उनले अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ टिमसहित चुनावी मैदानमा आएको बताए ।

सातै प्रदेशमा सबल प्रदेश समिति र केन्द्रमा केन्द्रीय समिति बनाउने सोचका साथ सामूहिक रुपमा अघि बढेको बताउँदै अध्यक्ष उम्मेदवार बरालले प्रदेशसँग मिलेर काम गर्ने बताए । आफ्ना कुराहरु प्रतिबद्धतामार्फत ल्याएको बताउँदै बरालले आफ्नो नेतृत्वमा पेशागत हक हितका सवालमा परिवर्तन ल्याइछाड्ने दृढता व्यक्त गरे ।

बुटवलमा भएको कार्यक्रममा इञ्जिनियर तथा आर्किटेक्टहरुको बाक्लो सहभागीता थियो । सहभागीहरुले निर्वाचनमा बरालको योजनामा आफूहरु सहमत रहेको बताए । उनीहरुले अनुभव र संगठनप्रतिको लगाव भएकाले बराललाई सहयोगको प्रतिबद्धता समेत जनाए ।

बराल समूह पोखरामा अन्र्तक्रिया सकेर काठमाडौंमा अन्र्तक्रियामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

 

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...