CG Electronics
IME Life
NIMB

मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव छैन  : मन्त्री पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनैपनि निजी अस्पतालले मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको भन्दै मापदण्ड पूरा गरेन भनेर अब अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका हुन् ।

पहिला सरकारले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसकेको र अहिले यहाँसम्म आइपुग्दा कडा हुन खोजेर सम्भव नहुने बताए ।

उनले भने,‘निजी क्षेत्रको सबै सेक्टरमा महत्वपूर्ण योगदान छ । स्वास्थ्यको दायरा बढाउन, सञ्चार एवम बैंकहहरुको दायरा बढाउने काम निजीले नै गरेका हुन् । नीतिगत रुपमा नेपाली कांग्रेसले नै यसलाई प्रवेश गराएको हो ।

यसको ठूलो उपस्थिति छ । कुनै अस्पतालले मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अब अस्पताल बन्द हुन सक्छ ? सक्दैन् । पहिला स्वीकृति पनि त सरकारले नै दिएको हो । पहिले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसक्ने अहिले चलेर यहाँसम्म आयो अब कडा हुन खोजेर सम्भव छैन् ।’

उनले निजी क्षेत्रको लक्ष्य पनि नागरिकलाई सेवा सुविधा दिने नै रहेको भन्दै यस क्षेत्रलाई बाँध्ने भन्दा पनि खुकुलो छाडेर लगानीको दायरा बढाउनुपर्ने धारणा राखे ।

मन्त्री पौडेलले नेपालमा गुणस्तरहीन स्वास्थ्य भन्ने भाष्य निर्माण भएको भन्दै स्वास्थ्य कहिल्यै गुणस्तरहीन नहुने बताए ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...