CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो स्मार्ट हब

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन्स बैंकले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रममा पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साथै हाललाई कर्पोरेट कार्यालयबाट सुुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको कुरा समेत बताए । स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ ।

डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सँधै प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले आश्विन महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादशैंमा मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिंदा सो कारोबारमा १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

त्यसैगरी, ‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...