CG Electronics
IME Life
NIMB

अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु भएकाे गृह मन्त्रालयकाे दाबी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काठमाडौं उपत्यका सहित देशभर ६० जना घाइते र ६९ जना बेपत्ता भएको बताए ।

 

तिवारीका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ललितपुरमा १८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । साथै भक्तपुरमा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको तिवारीले बताए ।

 

यस्तै बाढी पहिरोले कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते तथा ८ जना बेपत्ता रहेको समेत मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । साथै मधेश प्रदेशमा १ जनाको मृत्यु भएको छ भने घाइते ४ जना र बेपत्ता २ जना रहेको जनाएको छ ।

 

यस्तै बागमती प्रदेश उपत्यकाका बाहेक अन्य जिल्लाहरुमा गरी २३ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते अवस्थामा रहेका छन् भने ३९ जना बेपत्ता रहेको समेत मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

साथै देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको जनाएको छ ।

गृह मन्त्रालयले मृतकहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाईका वावजुद काठमाण्डौ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरुको उद्धार कार्य भइरहेको जनाएको छ ।

साथै सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण र सडकको अवस्था सहज नभएसम्म काठमाण्डौ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाईएको छ भने विभिन्न सडकखण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबााट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध समेत गरेको छ ।

उपचारको व्यवस्था मिलाउन र प्रभावितहरुको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न निर्देशन गरिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । केन्द्रीय सुरक्षा समितिको बैठक बसी गृहमन्त्री रमेश लेखकले विपद्मा परेकाहरुको तत्काल खोज तथा उद्धार गर्न र राहत कार्यमा उच्च प्राथमिकताका साथ परिचालन हुन निर्देशन समेत दिएको जनाएको छ ।

 

 

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...