CG Electronics
IME Life
NIMB

नदीतर्फ एक अर्ब १६ करोड २० लाख बराबरको क्षति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पु¥याएको छ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पु¥याएको जानकारी गराएको हो ।

जस अन्तर्गत मेची नदीले मेचीनगर नगरपालिकाको प्रसादगैडा र मलामीटहरा र भद्रपुर नपा, गैरीगाउँ, बिरिङ्ग नदीले झापा गापा रेडक्रस टोल र हुलाकी राजमार्गको तलमाथी क्षेत्रमा साथै कन्काई नदीले हुलाकी राजमार्गको तल माथी क्षेत्रमा, झापा गापाको मिलनबस्ती र सुगा बथान एवं रतुवा नदीले रतुवा नपा राजाबासा, गौरादह नपा तेलियाडाँगी र मावा नदीले दमक नपा पाथीभरा मन्दिरमा अनुमानित लागत २१ करोड बराबरको क्षति पु¥याएको छ ।

कोशी नदीले बेलाका नपा, बक्राहा नदीले मिक्लाजुंग, पथरी सनिश्चरे, रतुवामाई, चिसांग नदीले लेटाङ्ग, बेलबारी साथै डाँस नदीले रंगेली र लोहन्द्रा नदीले बेलबारी एवं बस्ता खोलाले बिराटनगर क्षेत्रमा अनुमानित पाँच करोड ४० लाखको क्षति पु¥याएको छ ।

खाँडो नदीले शम्भुनाथ नपा, रुपनी गापा., राजविराज नपा, तिलाठी कोइलाडी गापा महली नदीले तिरहुत गापा, कन्चनरूप नपा, कंकालनी नपा, कृषणासोवरन गापा. साथै बलान नदीले लहान नपा, सखुवानन्करकट्टी नपा, बालन बिहुल गापा., सुरुङ्गा नपामा ठूलो क्षति पुर्याएको छ । अनुमानित क्षतिको लागत रु ९ करोड ८० लाख बराबरको क्षति पु¥याएको हो ।

यस्तै रातो नदीले महोत्तरी गापा, बर्दिवास नपा, बलबा नपा, जलेश्वर नपा, भंगहा नपा र मरहा नदीले सोनमा गापा एवं औरही नदीले लोहारपट्टी नपा, मुखियापट्टि नपा, मुसहरनिया गापा र तिपरा गापामा अनुमानित चार करोड बराबरको क्षति पु¥याएको छ ।
त्यस्तै हालसम्म सिँचाईतर्फ सुनसरी मोरङ सिंचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति भएको । अनुमानित ५ करोडको क्षति भएको हो ।

बागमती सिंचाई आयोजनामा पूर्वीमूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा अनुमानित ५ करोड ४० लाखको क्षति भएको छ भने झाँझ सिंचाइ आयोजना अन्तर्गतको नहरमा तीन करोडको अनुमानित क्षति भएको छ ।

कमला सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको, घुर्मि नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्याइ उच्च जोखिम मा रही पाँच करोड बराबरको क्षति समेत भएको छ ।

महाकाली सिंचाई आयोजना, कन्चनपुरलगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको वाढीले ठूलो क्षति पुर्याइ करिब १ अर्ब १४ करोडको क्षति भएको छ ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...