CG Electronics
IME Life
Ncell NPL

रिगो एच्.आर. ले जित्यो नास-आइटी अवार्ड २०२४, अन्तर्राष्ट्रिय मञ्चमा १७ देशसँग प्रतिस्पर्धा गर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । रिगो टेक्नोलोजीज़ले ‘नास-आईटी अवार्ड २०२४’ को “व्यवसायिक सेवा” विधाको उपाधी जितेको छ ।

विगत १२ वर्ष देखी एच्.आर. सफ्टवेयर सेवा प्रदान गर्दै आएको रिगो एच.आर. मनोनित भएका संस्थाहरु मध्ये सबैभन्दा विशिष्ट सेवा प्रदायक छनोट भएको हो ।

देश-विदेशमा रहेका निर्णायक सामु प्रविधि, नविनता, बजार सम्भाव्यता लगायत मापदण्डमा आफूलाई अब्बल सावित गर्दै रिगो एच्.आर. ले “व्यवसायिक सेवा” विधामा उक्त अवार्ड जित्न सफल भएको हो ।

रिगोका प्रमुख सञ्चालन अधिकृत प्रजेश बास्तोलाले यस किसिमको कार्यक्रमले नेपाललाई आई.टी. हबको रुपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यलाई ठूलो सहयोग पुग्नुका साथै नेपाली सफ्टवेयर उद्योगको प्रचार प्रसार र प्रवर्द्धनमा अत्यन्त सकारात्मक भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

उनले देशभरिबाट छनोट भएका सफ्टवेयर मध्ये रिगो एच्.आर. लाई व्यवसायिक सेवा समुहमा उत्कृष्ट सफ्टवेयरको अवार्ड प्रदान गरिएकोमा आयोजक नास-आईटी तथा निर्णायक मण्डललाई धन्यावद व्यक्त गरे ।

यो जीत संगै नेपालको आई.सी.टी. क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको रिगो एच्.आर. अब अस्ट्रेलिया, चीन, सिंगापुर, मलेसिया, थाईल्याण्ड, पाकिस्तान लगायत १७ देशबाट सोही विधामा विजयी प्रविधि कम्पनीहरुसँग ब्रुनाईमा हुन गईरहेको ‘एसिया प्यासिफिक आइसीटि अलायन्स अवार्ड’मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने छ ।

सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सहभागी भएको सो कार्यक्रममा अवार्ड वितरणका साथै नेपालको आई.सी.टी. क्षेत्रमा व्याप्त समस्या र तिनको समाधान लगायत समसामयिक बिषयमा छलफल समेत भएको थियो ।

कस्तो कम्पनी हो रिगो एच.आर. ?

नेपालीहरुको १००% स्वामित्व रहेको रिगो एच्.आर. सम्पूर्ण रुममा नेपालमै डिजाइन एवं विकास गरिएको अन्तराष्ट्रिय स्तरको मानव संसाधन व्यवस्थापन सम्बन्धि बृहत प्लेटफर्म हो ।
रिगो एच्.आर. ले बिगत १२ बर्ष देखि नेपाल भित्र तथा बाहिर गरि ३५० भन्दा बढी ठूला एवं मझौला संस्थाहरुलाई मानव संसाधन व्यवस्थान, पे-रोल, ट्याक्स, पर्फर्मेन्स, लर्निंङ तथा कानूनी अनुपालन सम्बन्धि उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । रिगो नेपाल उद्योग परिसंघ (सिएन्आई)ले प्रवर्द्धन गरेको स्वदेशी उत्पादन प्रवर्तन अभियानको सदस्य समेत हो ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...