CG Electronics
IME Life
Ncell NPL

एमएडब्लु वृद्धिले बुटवलमा सार्वजनिक गर्यो दिपल इभी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ ।

आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् ।

दिपल इभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे । उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । उनले ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भएका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो ।

एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउनुहुनेछ । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउनेछन् ।

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...