CG Electronics
IME Life
NIMB

 एमएडब्ल्यु वृद्धिले फोटोनको माउन्टेन बेस्ट–इन–क्लास ईभी भ्यान सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं  । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले नेपालकै बेस्ट–इन–क्लास दावी गरिएको माउन्टेन ईभी भ्यान लन्च गरेको छ । सो अवसरमा एकै पटक १०० ग्राहकलाई सो गाडी हस्तान्तरण गरेर एक माइलस्टोन समेत फोटोन नेपालले हासिल गरेको छ ।

नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता भएको सो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्याक छ, जसले फुल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । त्यसैगरी यसले १३० किलोवाटको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ भने यसको ग्रेडेबिलिटी २५ प्रतिशत छ । यी सबैका कारण नेपाली बजारमा यति एड्भान्स्ड फिचर भएको यो पहिलो गाडी भएको बताइएको छ ।

 

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली बजारमा जहिले पनि एमएडब्लु ग्रुपले फर्स्ट–इन–सेगमेन्ट सवारी साधन ल्याइरहेको र त्यसैको निरन्तरता माउन्टेन ईभी भएको बताए । नेपाली ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गरेको उनले बताए ।

एमएडब्लु वृद्धिका सीईओ तुसार गुप्ताले नेपालकै लागि बनाइएको माउन्टेन ईभी यो क्लासकै च्याम्पियन भएको बताए । उनले विगत १९ वर्ष देखि चीनमा टप ब्रान्डको पहिचान कायम गरेको र विश्वका विभिन्न देशमा अन्य रेकर्ड समेत रहेको फोटोन ब्रान्ड नेपालमा समेत रुचाइएको बताउँदै आगामी दिनमा अझै रुचाइने अपेक्षा गरे ।

एमएडब्लु वृद्धिका मार्केटिङ हेड नवीन आचार्यले माउन्टेन ईभी भ्यानको विशेषता वारेमा चर्चा गर्दै नेपाली ग्राहकका लागि यो अति नै उपयुक्त रहेको बताए ।

१४ र १५ सिट अप्सनमा उपलब्ध हुने माउन्टेन ईभी भ्यान स्पेसियस र कम्फर्टेबल हुनुका साथै ठूलो हेडरुमका लागि हाई रुफ छ । यसमा फर्स्ट–इन–क्लास र फर्स्ट–इन–नेपाल फिचरको रुपमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ असिस्टेन्स, हिल होल्ड कन्ट्रोल (एचएचसी), आर१६ ड्युरेबल टायरका साथै इको र पावर गरी दुई ड्राइभिङ मोड रहेका छन् ।

 

स्लिक तथा डाइनामिक प्रोफाइल सहितको मोडर्न डिजाइन रहेको माउन्टेन ईभी भ्यानमा अगाडितिर डाइनामिक हेडलाइट रहेको छ भने यसको तलतिर एयरभेन्ट नजिकै रहेको फगल्याम्प तथा ब्याकमा रहेको इन्टिग्रेटेड टेलल्याम्पले स्लिक र मोडर्न लुक प्रदान गरेको छ ।

क्याबिनमा स्पोर्ट्स कारको बकेट सिटमा जस्तै हेडरेस्ट र मोडर्न तथा राम्रो तरिकाले फिनिसिङ गरिएको छ भने मल्टी मिडिया फिचर सहितको स्क्रिन रहेको छ । गाडीको रेन्ज, पावर, स्पिड र गियर आदिको जानकारी लिनका लागि ड्युल–रिङ इन्स्ट्रयुमेन्टल प्यानल रहेको छ । सबैतिरको दृश्यका लागि रिभर्स राडार सहितको रिभर्स क्यामेरा छ ।

सुरक्षाका लागि माउन्टेन ईभी भ्यानमा एबीएस, ईबीडी, एचएचसी, सेल्फ–एड्जस्टिङ ब्रेक क्लियरेन्स, चार्जिङ लक, इन्डिभिज्युअल सिटबेल्ट, ओपन डोर वार्निङ, पावर विन्डोज, सेन्ट्रल लकिङ लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

१४ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसमा ५ वर्ष वा ३ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।

नेपाली बजारमा विशेष गरी लामो दुरीको यात्राका लागि ईभी भ्यानको प्रयोग गर्ने क्रम बढ्दो छ । त्यसैगरी कर्पोरेट तथा हस्पिटालिटी क्षेत्रमा यसको प्रयोग बढ्दो छ भने स्कुल भ्यानको रुपमा समेत प्रयोग हुँदै आएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...