CG Electronics
IME Life
NIMB

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

NIMB
Himalayan Bank

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्न भएको छ ।

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन् । बाइडेनको अनुमति पछि रुसले कडा प्रतिक्रिया भने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमा लामो दूरीको क्षेप्यास्त प्रहार भएमा ‘उपयुक्त र ठोस कदम’ चाल्ने प्रतिक्रिया दिएको हो । रूसले अमेरिकी कदमलाई ‘आगोमा घ्यु थप्ने’ काम भएको टिप्पणी गरेको छ ।

विदेश मन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूसविरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता’ हुने पनि बताएको छ । राष्ट्रपति जो बाइडेनले रूसमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिँदा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केही खुलेको छन । ट्रम्पले आफ्नो चुनावी अभियानमै रूस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए ।

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्ध लगाएका थिए । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिन पुगेका बेला बाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममा रूसले युक्रेनी ऊर्जा संरचनाहरूमा तीव्र आक्रमण गर्दै ब्ल्याकआउट र जनधनको क्षति पु¥याएको छ । ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएको बीबीसीले लेखेको छ ।

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...