CG Electronics
IME Life
NIMB

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिकउत्सव

NIMB
Himalayan Bank

काठमाडौं। नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। २०२१ नोभेम्बर २६ मा स्थापना भएको नबिल एसएसईले सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बैंकले नबिल एसएसईमार्फत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रमुख कार्यक्रम सञ्चालन गरिरहेको छ। यो अवधिमा ८२० भन्दा बढी व्यक्तिले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् भने ११७ नयाँ उद्यमहरू स्थापना भई १२ सय रोजगारी सिर्जना भएको नबिल बैंकले जानकारी दिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल एसएसईले नवीन सोच भएका युवालाई प्रोत्साहित गर्दै देशभित्र नै रोजगारी सिर्जना गर्न सफलता हासिल गरेको बताउँदै भने, “सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशीलता ल्याएको छ। तीन वर्षको अवधिमा सयौँ मानिसका लागि रोजगारी सिर्जना भएको छ, जसले दीर्घकालीन सामाजिक परिवर्तनमा योगदान पुर्‍याएको छ।”

नबिल एसएसईले हालसम्म देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्नो कार्यक्रम सञ्चालन गरेको छ। त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रम सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूका लागि उत्कृष्ट प्लेटफर्म बनेको छ।

फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम लिन्छन्। यससँगै एक वर्षसम्मको मेन्टर्सिप सुविधा समेत उपलब्ध गराइन्छ। हालसम्म यस कार्यक्रमले ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालनमा आई सयौँको रोजगारी सिर्जना भएको छ। हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो यात्रा प्रारम्भ गरेका छन्।

तीन महिनाको अवधिमा सञ्चालन हुने सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीहरूलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनको ज्ञान प्रदान गर्दै आएको छ। यो कार्यक्रमबाट ७२ जनाले आफ्नो उद्यम स्थापना गरी समाजमा दिगो परिवर्तन गर्न सक्रिय रहेका छन्।

नबिल एसएसईले सामाजिक उद्यमशीलताको अवधारणा निर्माण, लगानीयोग्य बनाउने, र साना उद्यमीलाई सशक्त बनाउँदै सामाजिक समस्याहरू समाधान गर्ने दिशामा काम गर्दै आएको छ। यो कार्यक्रमले उद्यमीहरूलाई दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ।

तेस्रो वार्षिकोत्सव मनाउँदै, नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा सामाजिक उद्यमशीलताको दायरा विस्तार गर्ने र समुदायहरूको उत्थानमा निरन्तर योगदान दिने लक्ष्य राखेको छ। यसले सामाजिक र आर्थिक रूपान्तरणको यात्रामा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ।

नबिल एसएसईको यो प्रयासले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने मात्र होइन, सामाजिक उद्यमशीलतालाई आर्थिक समृद्धिसँग जोड्न महत्वपूर्ण योगदान पु¥याएको छ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...