CG Electronics
IME Life
NIMB

रियलमी सी ६३ को नयाँ भेरिएन्ट, १ मिनेट चार्जमा १ घण्टा कल

NIMB
Himalayan Bank

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सी ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् ।

 

फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडी र भिगन फिनिसका साथ आएको रियलमी सी ६३को ४+६४ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।

यसबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले भने, ‘हामी नेपाली बजारमा रियलमी सी ६३ को यो भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै हामीले सी ६३ को ४+६४ जीबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौं ।’

फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री

४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सी ६३ छिट्टै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्यान्ड बाइ टाइम भएको रियलमी सी ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ ।
३८ प्रकारका चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सी ६३ ले केवल छिटो चार्जिङमात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।

आकर्षक डिजाइन र उच्चतम अडियो

७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपलइफेक्ट पनि प्रदान गर्दछ ।

टिकाउ एवम् उत्कृष्ट प्रदर्शन

रियलमी सी ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ, जसले ४ वर्षसम्म विनाकुनै रोकावट र ल्याग-फ्री प्रदर्शन सुनिश्चित गर्दछ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ, जसमा ४+४ जीबीको डाइनामिक ¥याम र १२८ जीबीसम्मकोे स्टोरेज अप्सन रहेको छ । जुन ग्राहकको लागि अधिकतम हुन्छ ।

रियलमी सी ६३ मा एआई बुस्ट प्रविधि रहेको छ, जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ । गेम बुस्टले गेमिङको स्थिरतामा १० प्रतिशत सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।

मूल्य र उपलब्धता

रियलमी सी ६३ को ४+६४ जीबी स्टोरेज भेरिएन्ट १४ हजार ४९९ रुपैयाँमा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।

सबैभन्दा छिटो चार्जिङ हुने क्षमता, सबैभन्दा स्लिम डिजाइन, सबैभन्दा स्मूथ टच र लामो समय टिक्ने उत्कृष्ट प्रदर्शनको साथ रियलमी सी ६३ स्मार्टफोनको बजारमा एक गेम चेन्जर हो ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...