CG Electronics
Ncell NPL
NIMB

निर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई पत्रकार मञ्चको सम्मान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल पत्रकार मञ्चमा आबद्ध भइ नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई सम्मान गरिएको छ । आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै मञ्चले निर्वाचित मञ्चका सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष युवराज विद्रोहीले निर्वाचित सदस्यहरुले हरेक व्यक्तिको लागि न्याय गर्नुपर्ने बताएका छन् । उनले हरेक सदस्यहरुले पत्रकारको हकहितका लागि राम्रो काम गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘बाटोमा हिँड्दाखेरी ठक्कर धेरै नै खाइन्छ । लागेको ठक्करबाट नै हामीले बचेर हिड्नुपर्छ भनेर पाठ सिकाउँछ । तीन वर्ष अगाडि नराम्रो स्वाद भोगेका छौं । तर अहिले निर्वाचन भएर केही हलसम्म राहत पाएका छौं । तर चुनाव जितिसकेपछि मञ्चको मात्र सदस्य नभएर १० वटा एसोसिएट प्रदेशको नेतृत्वकर्ता हो । सदस्यहरुले कसैलाई पनि भेदभाव नगरी सामूहिक रुपमा न्याय गर्नुपर्ने छ । सदस्यहरुले पत्रकारहरुको हकहितका लागि राम्रो काम गर्दै जानुपर्छ ।’ साथै उनले पत्रकार महासंघ सबै पत्रकारको मन्दिर भएको बताए । उनले मन्दिर जस्तो ठाउँमा पुगिसकेपछि काखा र पाखा गर्न नहुने बताए ।

 

कार्यक्रममा अग्रज पत्रकार अस्मिता भण्डारीले व्याप्त लैङ्गिक हिंसा, असमानताहरुलाई चिर्दै अगाडि बढ्नका लागि पत्रकारहरुको कलम सधैं बलियो रहनुपर्ने बताइन् । साथै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्यले हामीहरुले गर्नुपर्ने धेरै चुनौतिहरु सामना गर्न अब अघि बढेको बताएका छन् । उनले अबको तीन वर्षको अवधिभर नेपाल पत्रकार मञ्चको मागनिर्देशन बमोजिम काम गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।

उनले भने, ‘म महासचिव हुँदा जे जति काम गरे आज अध्यक्ष हुँदा धेरै चुनौतिहरु थपेको छ । सबैभन्दा बढि काम गनुपर्ने छ । यहाँ अब पत्रकारको क्षेत्रमा धेरै काम हुन्छ । अबको तीन वर्षको समय अवधिमा नेपाल पत्रकार मञ्चले मागनिर्देशन गरे बमोजिम काम गर्ने समेत यतैबाट प्रतिबद्घता जनाउन चाहन्छु ।’

 

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...