CG Electronics
IME Life
NIMB

सक्षम र योग्य व्यक्तिलाई भूमिका दिनुपर्छ भन्ने चिन्तनले मात्र समाज रुपान्तरणको ध्येय पूरा हुन्छ : शंकर पोखरेल

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरलले ‘नेकपाकाल’ नेपाल एमालेको गौरवपूर्ण विरासतका लागि अभिषाप बनेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कमिटीको छैटौँ बैठकमा शनिबार उनले संगठनात्मक अराजकताको आधार नै नेकपाकाल बनेको बताएका हुन् । ‘खासगरी नेकपाकाल हाम्रो गौरवपूर्ण विरासतको अभिषाप नै बन्यो,’ माओवादी केन्द्रको नाम नलिईकन उनले भने, ‘हाम्रो जे गौरव थियो, त्यो गौरव नेकपाकालमा गएर स्खलित भयो ।

त्यो पार्टी नै रहेनछ, संगठन प्रणालीमा जोडिएकै रहेनछ, त्यो आन्दोलनमात्र रहेछ, पार्टी नै नबनेको चिजसँग एउटा व्यवस्थित पार्टी जोडिँदा हाम्रो व्यवस्थित पार्टी प्रणाली र संगठन प्रणाली नै कमजोर भयो ।’ महासचिव पोखरेलले सक्षम र योग्य व्यक्तिलाई भूमिका दिनुपर्छ भन्ने चिन्तनले मात्र समाज रुपान्तरणको ध्येय पूरा हुने बताए । राजनीतिमा समाज बदल्ने उद्देश्यले प्राथमिकता पाउनुपर्ने उनले स्पष्ट पारे ।

‘मैले के पाउँछु भन्ने कुरा गौण हुनुपर्छ,’ उनले भने, ‘समाज बदल्ने कुराचाहिँ प्राथमिकतामा हुनुपर्छ । सक्षम र योग्य व्यक्तिलाई भूमिका दिनुपर्छ भन्ने चिन्तनले मात्र समाज रुपान्तरणको ध्येय पूरा हुन्छ ।’ अवसरवादले हामी नेता–कार्यकर्तालाई धेरै गाँजिसकेको र आफ्ना बारेमा मात्र सोच्न थालेको उनले बताए । ‘अवसरवादले हामीलाई यति धेरै गाँजिसकेको छ कि हामीले साथीका बारेमा पनि सोच्न छाडिसकेका छौं,’ महासचिव पोखरेलले भने, ‘सिंगो बाम आन्दोलनका बारेमा नसोचे पनि साथीका बारेमा त सोचौँ ।’

साथीभन्दा पनि म नै हुँ भन्ने भावनाले आन्दोलन पनि नबन्ने, संगठन पनि नबन्ने र पार्टी पनि नबन्ने उनले स्पष्ट पारे । ‘संगठन र पार्टी भनेको सामूहिकताको उपज हो,’ उनले भने, ‘मबाट जब हामी बाहिर निस्किन थाल्छौं, त्यसपछि मात्र पार्टी र संगठन निर्माणको प्रक्रिया सुरु हुन्छ ।’
त्यस्तै एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले पछिल्लो दिनमा ओस्सिएको जस्तो भएको बताए । ‘जसरी ओस्सिएको सलाइ कोर्दा बारुद आउँछ तर झिल्को आउँदैन,’ उनले भने, ‘अहिले एमालेको अवस्था त्यस्तै महसुस भइरहेको छ ।’

एमालेका नेता–कार्यकर्ताले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने उनले बताए । ‘त्यसले मात्र पार्टी र पार्टी नेतृत्वलाई बलियो बनाउन सहयोग पुग्छ,’ ढकालले भने ।
एमालेका पोलिट्ब्युरो सदस्य एवं बुद्धिजीवी परिषदका इन्चार्ज अरुण थापाले जनताको बहुदलीय जनवाद निर्माणकालमा अहिलेजस्तो बुद्धिजीवीहरुको व्यवस्थित सांगठनिक संरचना नहुँदा मदन कमरेड (स्व. मदन भण्डारी) ले आफैँ गएर वाम विचारधाराका प्राध्यापकहरुको छलफल गरेको स्मरण गरे ।

‘अहिले बुद्धिजीवीहरुको सांगठनिक संरचना त राम्रो बन्यो तर पार्टीलाई जुनखालको योगदान हुनुपर्ने हो, त्यो भएको छैन किन भन्ने मलाई लागेको छ ।’
कार्यक्रममा बुद्धिजीवी परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले एमालेलाई नलेज बेस्ड पार्टी बनाउन युवा र बुद्धिजीवी वर्गलाई विशेष भूमिका दिनुपर्ने बताए । ‘विशेष परिस्थितिमा पपुलारिजमका हिसाबले फरक परिवेशमा केही व्यक्ति र नयाँ पार्टी उदाएका छन्,’ उनले भने, ‘एमालेले १८ देखि ३० वर्ष उमेर समूहका युवालाई पार्टीमा आबद्ध गराउन तथा नलेज बेस्ड सोसाइटी बनाउन जरुरी छ ।’
तर, त्यस्तो हुन नसक्दा बुद्धिजीवी साथीहरुमा एक प्रकारको निराशा छाएको डा. देवकोटाले बताए । ‘बुद्धिजीवी साथीहरु पनि आफ्नो विषय विज्ञतामा दर्शनढुंगा भएर टल्कने भयो भने सबैले देख्छन्,’ उनले भने । देशको समृद्धि यात्रामा बुद्धिजीवीहरुसँग भएको विज्ञतालाई एकाकार बनाउनुपर्ने धारणा उनले राखे ।

बैठकमा मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत नेत्र तिम्सिनालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । तिम्सिना बुद्धिजीवी परिषदका सल्लाहकार हुन् । त्यस्तै लुम्बिनी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष बनेका डिल्ली अर्याललाई पनि परिषदले बधाई तथा शुभकामना दिएको छ । बैठकले एमालेको घर फर्क अभियानअन्तर्गत ई. गिरिधर मिश्रलाई स्वागत गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को बुद्धिजीवीहरुको संगठन बुद्धिजीवी परिषद समाजवादीका उपाध्यक्ष गिरिधर मिश्र शनिबार सोही कार्यक्रमको अवसर पारेर एमालेमा फर्किएका छन् ।

बुद्धिजीवी परिषदको चैत २९ र ३० मा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । कार्यक्रममा महासचिव ई. गजेन्द्र थपलियलाले परिषदको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष डा. लाक्पा शेर्पाले आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...