CG Electronics
IME Life
NIMB

महिला फुटबल टिमकी गोलरक्षक अञ्जना राना मगर ‘ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी’को ब्राण्ड एम्बासडर

NIMB
Himalayan Bank

 

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रका अग्रणी कम्पनीहरूमध्ये एक ‘ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी’ले राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जना राना मगरलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमा अञ्जना राना मगरलाई आगामी एक वर्षका लागि ब्राण्ड एम्बासडरको रूपमा चयन गरिएको हो। कार्यक्रममा ‘ड्रिम अन’का प्रबन्ध निर्देशक भीम बहादुर थापा र अञ्जनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

 

खेल र परामर्शको सहकार्य

उक्त समारोहमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दीपक गुरुङ, तथा शैक्षिक परामर्श व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

एनडेकाका अध्यक्ष दीपक गुरुङले भने, “यस किसिमको सहकार्यले व्यवसायिक फाइदा मात्र नभई खेल क्षेत्र र खेलाडीहरूको मनोबललाई पनि उच्च बनाउँछ। राज्यबाट खेल क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको बेला यस्तो पहलले खेलाडीहरूलाई थप प्रेरणा दिनेछ।”

इक्यानका अध्यक्ष शेषराज भट्टराईले पनि ‘ड्रिम अन’को यो कदमलाई उच्च प्रशंसा गर्दै भने, “अञ्जना र ‘ड्रिम अन’को सहकार्यले खेल क्षेत्र र परामर्श व्यवसाय दुवैलाई नयाँ उचाइमा पुर्‍याउनेछ। यो सहकार्यले नेपाली खेलकुदको उज्ज्वल सम्भावना देखाएको छ।”

ब्राण्ड एम्बासडरको भनाइ

अञ्जना राना मगरले आफ्नो अनुभव सुनाउँदै भनिन्, “खेलाडी भएका नाताले धेरै बोल्न त जान्दिनँ, तर ‘ड्रिम अन’को व्यावसायिक दृष्टिकोण र सहकार्यको प्रस्तावले मलाई प्रभावित बनायो। यो भूमिकाले मेरो जिम्मेवारीलाई अझ बढाएको छ, र म खेलकुदप्रेमी समर्थकहरूप्रति सदैव आभारी छु।”

‘ड्रिम अन’को दृष्टिकोण

प्रबन्ध निर्देशक भीम बहादुर थापाले भने, “महिला फुटबलकी गोलरक्षकजस्तो सशक्त व्यक्तित्वलाई ब्राण्ड एम्बासडर बनाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो। यो सहकार्यले ‘ड्रिम अन’लाई मात्र नभई सम्पूर्ण खेल जगत र शैक्षिक परामर्श क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।”

ड्रिम अनको योगदान

काठमाडौंको डिल्लीबजारमा मुख्य कार्यालय रहेको ‘ड्रिम अन’ले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका गन्तव्यमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिँदै आएको छ।

खेल र शैक्षिक परामर्श क्षेत्रको यो सहकार्यले भविष्यमा खेलकुद र शिक्षा दुवैलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...